नेदरल्याण्डस्द्वारा नेपाललाई १९० रनको लक्ष्य
आईसिसि वान डे विश्वकप छनोट अन्तर्गतको प्लेअफमा नेपाललाई नेदरल्याण्डस्ले १९० रनको लक्ष्य दिएको छ । नेदरल्याण्डस्ले ९ विकेटको क्षतिमा १८९ रन जोडेको हो ।
टीम नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने र ललित राजवंशीले दुई÷दुई र शक्ति गौचनले एक विकेट लिए ।
जिम्बाबेमा जारी यो म्याचको विजेताले सातौं स्थान सुरक्षित गर्नेछ । प्लेअफ अन्तर्ग नवौं स्थानका लागि हङकङ र पपुवा न्युगिनीबीच खेल भईरहेको छ ।
नेपाल र नेदरल्याण्डस् दुबैले वान डे राष्ट्रको मान्यता पाईसकेका छन् ।