उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित
प्रतिनिधिसभाका उपसभामुखमा एमालेका शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।
प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा तुम्बाहम्फेले २०१ मत प्राप्त गरिन भने उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए ।
बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।
यसअघि माओवादी केन्द्र का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली कांग्रेसका डिला संग्रौलाले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए ।
उपसभामुख तुम्बाहाम्फे कानून व्यवसायी समेत हुन् ।