सिरहाको ९९३ हेक्टर वनक्षेत्र अतिक्रमणमा
सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ ।
जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए ।
जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएका छन् ।
अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको सिंहले बताए ।
लहान, मिर्चैया, गोलबजार र कर्जन्हा नगरपालिका अन्तर्गतका सामुदायिक वन अतिक्रमण गरी पक्की घरसमेत निर्माण गरिएको छ ।
इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्र तत्काल खाली गराउने आश्वासन दिएका छन् । रासस