सामसङको एस–९ र एस–९ प्लस बजारमा
सामसङले नेपाली बजारमा ग्यालेक्सी एस–९ र एस–९ प्लस भित्र्याएको छ ।
यी स्मार्टफोनमा डुअल एपार्चर लेन्स, लो लाइट क्यामेरा तथा सुपर स्लो मोडमा भिडियो खिच्न सकिने अत्याधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ ।
दुवै स्मार्टफोनमा भिडियो एडिट गर्न समेत सकिन्छ । एस–९ तथा एस–९ प्लसले प्रति सेकेण्ड ९६० फ्रेम क्याप्चर गर्न सक्ने सामसङले जनाएको छ ।
दुवै स्मार्टफोनमा इन्फिनिटी डिस्प्ले, डुअल पिक्सल सेन्सर, डेडिकेटेड प्रोसेसिङ पावर लगायतका विशेषता छन् ।
यसमा भएको यूजर लाइभ ट्रान्सलेसनले विभिन्न भाषा तथा विदेशी विनिमय दरको जानकारी पनि दिनेछ ।
स्टेरियो स्पिकर, डल्बी डिजिटल लगायतका विशेषतासहितका दुवै स्मार्टफोनलाई मनिटर, किबोर्ड र माउसजस्ता उपकरणमा जडान गरेर डकुमेन्ट सम्पादन वा गेम खेल्न सकिने कम्पनीले जनाएको छ ।
वायरलेस चार्जिङको सुविधा रहेको स्मार्टफोनमा एसडी कार्डको मार्फत ४०० जीबीसम्म मेमोरी बढाउन सकिन्छ ।
यी दुवैमा आइरिस, फिङ्गर प्रिन्ट तथा फेसियल रिकग्निशन जस्ता सुरक्षा संयन्त्र प्रविधि राखिएका छन् ।
ग्यालेक्सी एस–९ र एस–९ प्लसको बजार मूल्य क्रमशः रु. ९२ हजार ९०० र एक लाख चार हजार ९०० तोकिएको छ ।