म्याग्दीमा जीप दुर्घटना, एकजनाको मृत्यु
म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गलेश्वरदेखि बेनीतर्फ जाँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेको उक्त बोलेरो जिप सडकबाट करिब १५ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको छ । रासस