राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट तिमिल्सिनाले शपथ लिएका हुन् ।
एमाले नेतासमेत रहेका तिमिल्सिना ३० फागुनमा राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका थिए ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, लगायत उपस्थित थिए ।