लमजुङमा सिभिल ब्यांकका दुई शाखा
सिभिल ब्यांक लिमिटेडले लमजुङमा दुई शाखा कार्यालय शुभारम्भ गरेको छ । ब्यांकले लमजुङको दूधपोखरी र मालिङमा शाखा स्थापना गरेको हो ।
दुवै शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र ब्यांकका सञ्चालक रामजी रेग्मी र सिभिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै रेग्मीले स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य ब्यांकको शाखा खोल्न राष्ट्र ब्यांकले निर्देशन जारी गरेको जानकारी दिए ।
सोही कार्यक्रममा सिभिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि ब्यांक अपरिहार्य रहेको धारणा राखेका थिए ।
सिभिल ब्यांक चालू आर्थिक वर्षको दोश्रो चौमासिकमा रु. २१ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ ।