विख्यात वैज्ञानिक स्टेफन हकिङ्गको निधन
विख्यात वैज्ञानिक स्टेफन विलियम हकिङ्गको निधन भएको छ । ७६ वर्षीय भौतिकशास्त्री स्टेफनको निधन भएको उनको परिवारले ३० फागुनमा वत्तव्यमार्फत जानकारी दिएको हो ।
वक्तव्यमा हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले भनेका छन्, "प्यारा पिताको निधनमा हामी दुःखी छौँ ।"
सापेक्षतावादको सिद्धान्त र ब्ल्याक होलका विषयमा विभिन्न तथ्य पत्ता लगाएका हकिङ्ग ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका लेखक समेत हुन ।
हकिङ्गको जन्म ८ जनवरी १९४२ मा बेलायतको अक्सफोर्डमा भएको थियो ।