समाचारमंगलवार, फाल्गुण २९, २०७४

बांग्लादेशका पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

हिमालखबर

हिजो २८ फागुन दुर्घटनामा परेको यूएस बांग्ला विमानको अवस्थाका बारेमा जानकारी लिन बांग्लादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । 

बांग्लादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बांग्लादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । 

गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बांगलादेशी र एक चिनियाँ नागरिक छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा  चालक दलका चारजना सदस्यसहित ७१ सवार थिए । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बांग्लादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । 

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बांग्लादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए । 
रासस

 
 

प्रतिकृया दिनुहोस