समाचारमंगलवार, फाल्गुण २९, २०७४

तोकिएका इजलाशमा गएनन् आठ न्यायाधीश

हिमालखबर

सर्वोच्च अदालतमा पेशी सूची तोकिए पनि आठ जना न्यायाधीशहरु इजलाशमा नबस्दा केही मुद्दाको सुनुवाई हुन सकेको छैन । 

प्रधानन्यायाधीश गोपाल पराजुली न्याय सम्पादनबाट अलग हुनुपर्ने धारणा राखेका आठ न्यायाधीशहरुले उनले तोकेको इजलाशमा सहभागी नहुने निर्णय गरेको बुझिएको छ ।

हिजो मात्रै न्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवाद बारे टिप्पणी गर्दै पराजुलीले उमेर हदका कारण अवकास पाइसक्नु पर्ने भएकाले उनी नेतृत्वको इजलाशमा नबस्ने राय सार्वजनिक गरेको भोलिपल्ट अन्य आठ न्यायाधीशहरु इजलाशमा नबसेका हुन् ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत तोकिएका इजलाशमा नबसेका हुन् ।

न्यायाधीश जबराको भने आज इजलाश तोकिएको थिएन । तोकिए अनुसारका अन्य न्यायाधीशका इजलाश भने जारी छन् ।

 

प्रतिकृया दिनुहोस