राष्ट्रपति निर्वाचनमा विवेकशील साझा सहभागी नहुने
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज भइरहेको निर्वाचनमा विवेकशील साझा पार्टी सहभागी नहुने भएको छ ।
साझा पार्टी प्रदेश–३ संसदीय दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
राष्ट्रपतिका लागि दलहरुले अघि सारेका उम्मेदवारहरु दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएकोले निर्वाचनमा सहभागी नहुने विवेकशील साझाले जनाएको छ ।
साथै विवेकशील साझाले मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको व्यवस्था हुनुपर्ने धारणालाई दोहोर्याएको छ ।