समाचारमंगलवार, फाल्गुण २९, २०७४

राष्ट्रपति चयनका लागि मतदान शुरु, चार सांसद्ले मतदान गर्न नपाउने

हिमालखबर

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा २९ फागुन विहान १० बजे मतदान शुरु भएको हो ।
संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ भने मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ । संघीय संसद् सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले सबैभन्दा पहिलो मताधिकार प्रयोग गरे ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद् कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।

शपथ ग्रहण अघि नै आयोगले मतदाता नामावली प्रकाशित गरिसकेकाले राष्ट्रियसभामा मनोनित सांसद्हरु डा. युवराज खतिवडा, बिमला राई पौडेल र रामनारायण विडारीले मतदान गर्दै छैनन् ।
कैलाली घट्नाका आरोपी रेशमलाल चौधरीले पनि सांसद् पदको शपथ लिएका छैनन् ।

प्रतिकृया दिनुहोस