नेपालद्वारा हङकङ पराजित, रनरेटको लाभ अफगानिस्तानलाई
वान डे विश्वकप क्रिकेट छनोटमा लगातार तेस्रो पराजय भोगेको टीम नेपालले अन्तिम खेलमा हङकङलाई पराजित गरेको छ । जिम्बाबेमा २८ फागुनमा नेपालले पाँच विकेटको जित निकालेको हो ।
दश ओभरदेखि धर्मराएको नेपालको ब्याटीङ रोहित पौडेल र सोमपाल कामीले सम्हालेपछि नेपालको जित सम्भव भएको हो ।
नेपालको जितले जम्मा एक खेल जितेको अफगानिस्तान सुपरसिक्समा पुग्न सफला भएको छ । दुई अंक नै जोडेको हङकङ पुछारमा रह्यो ।