समाचारसोमवार, फाल्गुण २८, २०७४

दुर्घटनापछि बन्द विमानस्थलमा उडान–अवतरण शुरू

हिमालखबर

यूएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण शुरू भएको छ ।

दुर्घटनाका कारण दिउँसो ०२ः१८ देखि बन्द भएको विमानस्थल बेलुकी ५ बजेदेखि शुरू भएको हो ।

काठमाडौंमा अवतरणको तयारीमा रहेका अन्र्तराष्ट्रिय विमानलाई भारतको लख्नौ र बङ्गलादेशको ढाकातर्फ पठाइएको थियो ।

ढाकाबाट काठमाडौं आएको बिएस–२११ फ्लाइट नम्बरको विमान दिउँसो २ः१८ मा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ३६ यात्रुको मृत्यु भएको छ । विमानमा ६७ यात्रु र चार जना चालक दल सहित ७१ जना सवार थिए ।

प्रतिकृया दिनुहोस