समाचारसोमवार, फाल्गुण २८, २०७४

विमान दुर्घटना अपडेटः आगो नियन्त्रणमा, विमान पूर्णरुपमा क्षतिग्रस्त

हिमालखबर

यूएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटना भई लागेको भीषण आगो नियन्त्रणमा आएको छ ।

तस्वीरः विष्णु सापकोटाको ट्विटरबाट

विमानमा ६७ यात्रु र चालक दलका ४ गरी ७१ जना सवार रहेको जनाइएको छ । दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १४ जनाको मात्रै उद्धार गरिएको छ ।

बाङ्लादेशको राजधानी ढाकाबाट आएको यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को जहाज अवतरणका क्रममा त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ः२० मा दुर्घटना भएको थियो ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज दिउँसो २ः२० मा रेनवेबाट चिप्लिएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार सिनामंगलबाट हेर्दा दक्षिणबाट आएको विमान एक्कासी अवतरण नगरी कन्ट्रोल टावरलाई छोलाझैं गरी बाँयातर्फ माेडिएर दक्षिण लाग्यो । र फेरी विमान मोड्दामोड्दै पूर्व लागेर भुँइमा बजारियो ।

समान्यतयाः विमान उडानभन्दा अवतरणको क्रममा बढी संवेदनशील मानिन्छ ।

विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिकृया दिनुहोस