समाचारसोमवार, फाल्गुण २८, २०७४

जहाज दुर्घटना अपडेटः १४ जनाको उद्धार

हिमालखबर

यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा परेका १४ जनाको उद्धार गरिएको छ ।

तस्वीरः विष्णु सापकोटाको ट्विटरबाट

बाङ्लादेशको राजधानी ढाकाबाट आएको यूएस बाङ्लाको फ्लाइट नम्बर बीएस–२११ को जहाज अवतरणका क्रममा त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा दिउँसो २ः२० मा दुर्घटना भएको थियो ।

विमानमा ६७ यात्रु र चालक दलका ४ गरी ७१ जना सवार रहेको जनाइएको छ । बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज दिउँसो २ः२० मा रेनवेबाट चिप्लिएको थियो । 

विमान रनवे–०२ बाट दक्षिण–उत्तरतर्फ मोडिएर दुर्घटनामा परेको थियो । विमान थ्रेसहोल्डबाट धेरै नै अगाडि बढिसकेको भएपनि निकै ठूलो दुर्घटना परेको छ ।

समान्यतयाः विमान उडानभन्दा अवतरणको क्रममा बढी संवेदनशील मानिन्छ ।

 

प्रतिकृया दिनुहोस