समाचारसोमवार, फाल्गुण २८, २०७४

राष्ट्रिय सभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध

हिमालखबर

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा एमालेका सांसद् गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

निर्वाचन आयोगले आज दिउँसो १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्षको लागि उम्मेदवारी दिने समय तोकेको थियो । तोकिएको समयभित्र माओवादी केन्द्रको समर्थनमा एमालेका गणेश तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ ।

तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा भने ३० फागुनको राष्ट्रिय सभा बैठकले गर्नेछ ।

 

प्रतिकृया दिनुहोस