समाचारसोमवार, फाल्गुण २८, २०७४

प्रधानन्यायाधीशको अवकाश भइसकेको भन्दै न्यायाधीश चोलेन्द्रशमशेरले गरे बेञ्च बहिस्कार

हिमालखबर

कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेरले प्रधानन्यायाधीश गोपाल पराजुलीसँग इजलासमा बस्न नसक्ने बताएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा बनेको बृहत पूर्ण इजलासका एक सदस्य न्यायाधीश चोलेन्द्रशमशेर राणाले अवकाश पाइसकेका पराजुलीसँग बसेर आफूले मुद्दा हेर्न नसक्ने बताएका हुन् ।

कान्तिपुरको मुद्दा पूर्ण इजलासमा बहस पैरवी हुनै लाग्दा न्यायाधीश राणाले फरक मत सहित लिखित वक्तव्य पढेर सुनाए ।

प्रधानन्यायाधीश पराजुली गत साउनमै उमेर हदका कारण अवकाश भइसक्नुपर्ने न्यायाधीश राणाले बताए ।

प्रमाणपत्र हेर्दा प्रधानन्यायाधीश पराजुलीले २०७४ साउनमै अवकाश पाइसकेको राणाले बताए । उनले भने– “शैक्षिक प्रमाणपत्रको उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाइसक्नुभएको छ । अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन । म अलग रहन चाहेँ।”

न्यायाधीशले फरक मत राखेपछि कान्तिपुरको आजको इजलास स्थगित भएको छ ।

 

प्रतिकृया दिनुहोस