थप समाचारसोमवार, फाल्गुण २८, २०७४

दोलखाको हिमाली क्षेत्रसहित कालिञ्चोकमा पनि हिमपात

हिमालखबर

दोलखाको हिमाली तथा उच्च पहाडी भेगसहित धार्मिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात भएको छ ।

कालिञ्चोकको कुरी क्षेत्र । तस्वीरः सर्मिला बुढाथोकी

मौसममा आएको परिवर्तसँगै आइतबार दिउँसो २ बजेबाट करीब तीनघण्टा हिमपात भएको थियो ।

कालिञ्चोकको मन्दी र कुरी आसपासका क्षेत्रमा झण्डै ढेड फिट हिउँ जमेको होटल व्यवसायी नोर्बु तामाङले जानकारी दिए ।

त्यसैगरी दोलखाकै अर्को पर्यटकीय स्थल शैलुङमा पनि हिमपात भएको छ ।

दोलखाको हिमाली क्षेत्र गौरीशङ्कर, उच्च पहाडी भेग चेर्दुङ लगायतका ठाउँमा भारी हिमपात भएको छ ।

सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस