समाचारआइतवार, फाल्गुण २७, २०७४

मुख्यमन्त्री पोखरेलको पक्षमा ६६ मत, कुन कुन पार्टीले दिए विश्वासको मत

हिमालखबर

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकार सञ्चालनका लागि सुविधाजनक विश्वासको मत प्राप्त गरेका छन् । २७ फागुनमा भएको मतदानमा ८७ मध्ये ६६ प्रदेश सांसद्ले पोखरेलको पक्षमा मतदान गरेका हुन ।

१८ मत भने पोखरेलको विपक्षमा परेका थिए । सभामुख, काग्रेसका एक र राजपाका एक अनुपस्थित सांसद बाहेक सबैले मतदान गरे । मुख्यमन्त्रीलाई विश्वासको मत प्रदान गर्नेहरुमा  एमाले ४१, माओवादी २०, संघीय समाजवादी फोरम ५ र राजमोका एक सदस्य छन् ।

विश्वासको मत लिदै मुख्यमन्त्री पोखरेलले हिमाल, पहाड, तराई र उपत्यका मिलेर बनेको प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न सबै दलको सहमती आवश्यक रहेको बताए ।

१९ सिट रहेको नेपाली काग्रेसले भने गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने तथा सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएको छ ।

पोखरलले ३ फागुनमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस