समाचारआइतवार, फाल्गुण २७, २०७४

डा केसी र कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

हिमालखबर

डा गोविन्द केसी र कान्तिपुर विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी बेग्लाबेग्लै मुद्दाको बहस नटुंगिएपछि दुवै मुद्दा ‘हेर्दाहेर्दै’मा परेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको विवाद सम्बन्धी समाचार प्रकाशन गरेपछि कान्तिपुर विरुद्ध र उक्त विवादबारे सार्वजनिक अभिव्यक्ति दिएपछि डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा परेको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ७ सदस्यीय बृहत पूर्ण इजलासमा छलफल भएका उक्त दुबै मुद्दा हेर्दाहेर्दैमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

अब दुबै मुद्दामा सोमबार पुनस् बहस हुनेछ ।

दुवै मुद्दाको सुनुवाई प्रधानन्यायाधीश गोपाल पराजुली आफैंले नेतृत्व गरेको ७ जना न्यायाधीशको बृहत् पूर्ण इजलाशमा भइरहेको छ।

पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी छन्।

प्रतिकृया दिनुहोस