कला/साहित्यआइतवार, फाल्गुण २७, २०७४

कविता संग्रह ‘आधा उज्यालो’ बजारमा

हिमालखबर

साहित्यकार भीष्म उप्रेतीको नयाँ कविता संग्रह ‘आधा उज्यालो’ प्रकाशित भएको छ ।

उप्रेतीको आठौं कृति ‘आधा उज्यालो’ कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन् ।

मानवीय संवेदना र प्रकृतिले मान्छेको जीवनमा पारेको प्रभावलाई केन्द्रमा राखेर कविता लेख्ने उप्रेतीको यस संग्रहभित्रका कविताहरूलाई देश, प्रकृति र मान्छे गरी तीन उपशीर्षकमा वर्गीकरण गरिएको छ ।

अंग्रेजी, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, हिन्दी, कम्बोडियाली भाषामा भीष्मका कविताहरू अनुदित छन् ।

भीष्मको ह्वाट इफ द स्काई फल्स ? नामक कविता संग्रह अमेरिकाको ग्रे स्पारो प्रेसबाट सन् २०१६ मा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस