नेपालद्वारा अफगानिस्तानलाई १९५ रनको लक्ष्य प्रस्तुत
जिम्बाबेमा जारी वान डे विश्वकप क्रिकेट छनोटमा टीम नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटीङ रोजेको नेपालले एक बल बाँकी छँदा सबै विकेट गुमाएर १९४ रन जोडेको हो ।
कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ला र आरिफ शेखले समान २३/२३, सोमपाल कामी, ९, अनिलकुमार शाह ७, करण केसीले ६, रोहित कुमार पौडेल एक रनमा आउट भए । ९ रन जोडेका बसन्त रेग्मी अविजित रहे । सन्दिप लामिछाने र ललित राजंशीले भने खाता खोल्न सकेनन् ।
अफगानिस्तानले जवाफी ब्याटीङ गरिरहेकाे छ । १० ओभर सकिदा अफगानिस्तानले एक विकेटको क्षतिमा ३७ रन जोडेको छ । पाँच चौकाको मद्दतले १४ बलमा २१ रन जोडेका अफगानिस्तानका कप्तान रशिद खानलाई करण केसीले आउट गरेका छन् ।
आयोजक जिम्बाबेसँग ११६ रन र स्कटल्याण्डसँग ४ विकेटले पराजित टीम नेपाललाई सुपर सिक्समा पुग्नका लागि अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ ।
विश्वमा छनोट हुनसक्ने राष्ट्रको रुपमा हेरिएको अफगानिस्तानले यसअघिका तीन वटै खेलमा हार व्यवहोरी सकेको छ । नेपाललाई पराजित गरे पनि उसको सुपर सिक्स पुग्ने गणतीय संभावना मात्रै बाँकी रहन्छ ।