नयाँ प्रधानमन्त्रीको चयन १९ गते
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा १९ साउनमा निर्वाचन हुने भएको छ ।
सहमतीय सरकार गठन नभएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।
संसदको आज १७ साउनमा बसेको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको चयनका लागि १९ साउन विहान ११ बजे बैठक बोलाएकी छन् ।
प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी गठबन्धनबाट पुष्पकमल दाहाल उम्मेदवार बन्दैछन् भने एमालेले उम्मेदवार छनौट गरिसकेको छैन ।
दाहाल नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।