खेलकुदबिहिवार, फाल्गुण २४, २०७४

पारस खड्काको 'लिस्ट ए करिअर'मा हजार रन पुरा

हिमालखबर

टीम नेपालका कप्तान पारस खड्का । तस्वीरः एएफपी/रासस

टीम नेपालका कप्तान पारस खड्काले 'लिस्ट ए करिअर'मा एक हजार रन पुरा गरेका छन् । जिम्बाबेमा जारी वान डे विश्वकप क्रिकेट छनोटअन्तर्गत २४ फागुनमा स्टकल्याण्डविरुद्धको खेलमा ६३ रन जोडेका उनले आफ्नो व्यक्तिगत करिअरमा १०५४ रन बनाएका हुन ।
टीम नेपालका सर्वाधिक सफल कप्तान मानिएका खड्काले लिस्ट ए का ३० म्याचमा १३३५ बलको सामना गरे । उनको स्ट्राईक रेट ७८.९५ छ । उनको ब्याटीङ एभरेज ३६.३४ छ ।
३३ छक्का र ९० चौका प्रहार गरेका उनले सात अर्धशतक र दुई शतक पुरा गरेका छन् ।
खड्काको सर्वाधिक उच्चस्कोर ११२ रन छ । यो स्कोर उनले नामिबियामा ३ फागुनमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा १०३ बलमा जोडेका हुन ।
३० वर्षीय अलराउण्डर खड्का लिस्ट एमा ९९६ बलीङ गरेका छन् । उनको बलीङ इकोनोमी ३.८९ छ । कुल ६४७ रन खर्चेका उनले १७ विकेट लिएका छन् । उनको बलीङ स्ट्राईक रेट ५८.५ छ ।

 

प्रतिकृया दिनुहोस