खेलकुदबिहिवार, फाल्गुण २४, २०७४

एक दिवसीय विश्वकप छनोटमा नेपालको दोस्रो पराजय

हिमालखबर

जिम्बाबेमा जारी वान डे विश्वकप क्रिकेट छनोटमा टीम नेपालले दोस्रो हार व्यवहोरेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको स्कटल्याण्डसँग नेपाल चार विकेटले पराजित भएको हो ।
टस जितेर ब्याटीङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदा १४९ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रनको योगदान दिए ।
छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल जिम्मेबाबेसँग ११६ रनले पराजित भएको थियो ।  नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ ।

प्रतिकृया दिनुहोस