खेलकुदबिहिवार, फाल्गुण २४, २०७४

नेपालद्वारा स्कटल्याण्डलाई १५० रनको झिनो लक्ष्य

हिमालखबर

वान डे विश्वकप छनोटमा टीम नेपालले स्कटल्याण्डलाई १५० रनको झिनो लक्ष्य दिएको छ । जिम्बाबेमा जारी प्रतियोगितामा ४७.४ ओभरमा सबै विकेट गुमाउँदा नेपालले १४९ रनको योगफल तयार पारेको हो ।
टस जितेर ब्याटीङ रोजेको नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रनको योगदान दिए ।
छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल जिम्मेबाबेसँग ११६ रनले पराजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस