रियल मड्रिड र लिभरपुल च्याम्पियन्स लिगको क्वाटर फाइनलमा
पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई समग्रमा ५–२ ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । २३ फागुनमा सम्पन्न दोस्रो लिगमा रियलले पीएसजीलाई २–१ ले पराजित गरेको हो ।
रियलका लागि क्रिस्ट्यानो रोनाल्डो र कास्मिरोले गोल गरे भने इडिन्सन कभानीले पीएसजीका लागि सान्त्वना गोल गरेका थिए । यसअघि सम्पन्न पहिलो लिगमा रियलले पीसजीलाइ ३–१ ले पछि पारेको थियो ।
यस्तै, पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुलले च्याम्पियन्स लिगको क्वाटर फाइनल यात्रा तय गरेको छ । दोस्रो लिग गोलरहित बराबरीमा टुंगिए पनि लिभरपुलले समग्रमा पोर्तोमाथि ५–० को जित निकाल्न सफल भएको हो ।
यसअघि सम्पन्न पहिलो लिगमा नै लिभरपुलले ५–० को विशाल अग्रता कायम गरेको थियो ।