एचआर मिट–२०१८ को आयोजना हुँदै
५ र ६ चैतमा ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औं संस्करण ‘एचआर मिट–२०१८’ को आयोजना गर्ने भएको छ ।
मानव संसाधनको विकास र सशक्तीकरणका लागि भेलाको आयोजना गर्न लागिएको ग्रोथ सेलर्सले जनाएको छ ।
दुईदिने भेलामा डा. तनाया मिश्रा र एनएस आइयर प्रमुख वक्ताको रुपमा रहनेछन् ।
यी दुई वक्ताले दि डिजाइन थिन्किङ्ग वे (रुपरेखा सोच्ने तरिका) र इम्प्लोई इन्गेजमेन्ट (कर्मचारी संलग्नता) विषयमा प्रस्तुती दिनेछन् ।
भेलामा प्यानल छलफल, समानान्तर सत्र, प्यानल अन्तर्वार्ता, तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू पनि रहेका छन् ।
सन् २००८ देखि निरन्तर एचआर मिटको आयोजना गर्दै आएको मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रा. लि. का प्रबन्ध निर्देशक मोहन ओझाले जानकारी गराए ।