भट्टराईको हिड्ने तरिका ठीक नभएको भन्दै नयाँ शक्तिका प्रवक्ता माओवादी प्रवेश
नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । देवकोटालाई पेरिसडांडामा २२ फागुनमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रवेश गराएका हुन ।
कार्यक्रममा अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गरे । उनले भने, “अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस् ।”
पार्टी प्रवेश कार्यक्रममा बोल्दै देवकोटाले बाबुराम भट्टराईको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठीक नभएको टिप्पणी गरे ।