अर्थ/बजारआइतवार, फाल्गुण २०, २०७४

पेट्रोलको मूल्य रु एक घट्यो, निगम अब मासिक ३० करोड नाफामा जाने

हिमालखबर

नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ । रासस

प्रतिकृया दिनुहोस