इन्टरनेट नहुँदा पनि प्रयोग गर्न सकिने डिक्स्नरी एप सार्वजनिक
भाषाविद् चूडामणि गौतमले लेखेको ‘हाम्रो नेपाली–अंग्रेजी डिक्स्नरी’को एप सार्वजनिक गरिएको छ ।
आज आयोजित एक समारोहकाबीच लेखक गौतम, कलाकार मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, किरण केसी लगायतले डिक्स्नरीको एप सार्वजनिक गरेका हुन् ।
‘हाम्रो नेपाली–अंग्रेजी डिक्स्नरी’को एप एकपटक डाउनलोड गरिसकेपछि पुनःप्रयोग गर्न इन्टरनेटको आवश्यकता पर्दैन ।
गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने उक्त एपमा ३० हजार बढी नेपाली र २२ हजार बढी अंग्रेजी शब्दहरु रहेका छन् ।
यसमा शब्दसँगै तस्वीरहरु समेत राखिएको छ । तर, तस्वीर प्रयोगको लागि भने इन्टरनेटको आवश्यकता पर्नेछ ।
अडियो उच्चारणको सुविधा रहेको डिक्स्नरीमा पटक–पटक आवश्यक पर्ने शब्दहरु ‘सेभ’ गर्न पनि सकिन्छ ।