होण्डाको डब्लूआर–भी सार्वजनिक
स्याकर ट्रेडिङ् कम्पनी प्रा.लि ले न्यू होण्डा डब्लूआर–भी सार्वजनिक गरेको छ ।
१८८ एमएम ग्राउण्ड क्लिरियन्स रहेको डब्लूआर–भीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), अगाडि दुईवटा एयर ब्याग र इलेक्ट्रिक ब्रेकफोर्स डिस्ट्रीब्यूसन लगायतका विशेषता रहेका छन् ।
यसमा पुस बटन स्टार्ट, सनरुफ र रियर क्यामेरा समेत रहेको छ । यो गाडी डिजेल र पेट्रोल दुबै भ्यारेन्टमा उपलब्ध रहेको छ । पेट्रोल भ्यारेन्टमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ भने डिजेल भ्यारेन्टमा ६ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ ।
यसमा ३९९९ एमएमको लम्बाई, १७३४ को चौडाई र १६०१ एमएमको उचाई रहेको छ ।
डब्लूआर–भी स्टिल मेटालिक, सिलभर मेटालिक, रेड पर्ल, ब्राउन मेटालिक, ह्वाइट अर्किड पर्ल र एम्बर मेटालिक गरी ६ रंगमा उपलब्ध रहेको छ ।
४२ लाख २५ हजार मूल्य तोकिएको यो गाडी मासिक ५१ हजार १६२ मा किस्ताबन्दीमा पनि किन्न सकिने कम्पनीले जनाएको छ ।