खेलकुदबुधवार, फाल्गुण १६, २०७४

जापानद्वारा एन्फालाई सहयोग

हिमालखबर

जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि रु. ७४ लाख सहयोग गर्ने भएको छ ।

आज जापानी दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप उक्त रकम दिन लागेको हो ।

एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताए ।

कोजीको कार्यकाल थप
त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ ।

सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहेका कोजीको आगामी महिना करार सकिँदै थियो ।रासस

प्रतिकृया दिनुहोस