नेपालद्वारा युएई पाँच विकेटले पराजित
आईसिसि विश्वकप छनोट अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बाबेमा १५ फागुनमा भएको खेलमा युएईले दिएको १७२ रनको विजयी लक्ष्य नेपालले सहजै पुरा गरेको हो । नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ का विजेता युएईलाई नेपालले पाँच विकेटको क्षतिमा चार बल बाँकी छँदै पराजित गरेको हो ।
मैदान भिजेर २९ ओभरमा छोट्याइएको खेलमा युएईले १७१ रन जोड्यो । टस जितेर ब्याटीङ रोजेको युएईका लागि असफाक अहमदले सर्वाधिक ४२ रनको योगदान दिए ।
टीम नेपालका लागि शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१–४१ रन जोडेका थिए । २३ रन जोडेका आरिफ शेख र भेषवाकर नटआउट रहे । कप्तान पारस खडका २८, ज्ञानेन्द्र मल्ल १२, अनिलकुमार शाह ११, दिलिप नाथले ४ रन बनाएका थिए ।
टीम नेपालका लागि ललित भण्डारीले सर्वाधिक चार विकेट, करण केसीले तीन, ललित राजवंशीले दुई र पारस खड्काले एक विकेट लिएका थिए ।
विश्व क्रिकेट लिग डिभिजन–२ कोसमूह चरणको खेलमा चार विकेटले पराजित गरेकोयुएईसँग फाइनलमा भने टीम नेपाल सात रनले पराजितभएको थियो ।
टीम नेपाल विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको हो । छनोटअन्तर्गत नेपालले २० फागुनमा घरेलुटोली जिम्बाबे, २४ फागुनमा स्कटल्याण्ड, २६ फागुनमा अफगानिस्तान र २८ फागुनमा हङकङसँग खेल्नेछ । नेपालसहित सहित १० देश सहभागी प्रतियोगिताका उत्कृष्ट हुने २ टिम सन् २०१९ मा हुने विश्वकपका लागि छनोट हुनेछ ।