सुर्खेतमा ट्रयाक्टर दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेतको मालारानी, कोटखोला नजिक आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मालारानी खरिगैरा बजारबाट सहारे जाँदै गरेको भे १ ख ६१६८ नम्बरको ट्रयाक्टर कोटखोलामा पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशीराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । घाइतेहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । रासस