कला/साहित्यसोमवार, फाल्गुण १४, २०७४

श्रीदेवीको मृत्यु पानीमा डुबेरः प्रहरी

हिमालखबर

चर्चित बलिउड अभिनेत्री श्रीदेवी कपुरको निधनको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । ५४ वर्षीय श्रीदेवीको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबई  विधिविज्ञान परीक्षणमा देखिएको गल्फ न्यूजले जनाएको छ।

दुबई प्रहरीले मृत्युको कारण सहितको विवरण भारतीय वाणिज्यदूत र श्रीदेवीको परिवारलाई उपलब्ध गराएको समाचारमा उल्लेख छ । यसअघि उनको मृत्युको कारण हृदयाघात भएको सञ्चार माध्यमहरुले जनाएका थिए । उनको १२ फागुनमा मृत्यु भएको थियो ।
१९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी बलिउडमा पहिलो महिला सुपरस्टारको रुपमा परिचित छन् । तमिल चलचित्र कंधनबाट चार वर्षको उमेरमा अभिनययात्रा प्रारम्भ गरेकी श्रीदेवी १९७८ मा हिन्दी चलचित्र सोलवाँ सावनमा पहिलो पटक नायिकाको भूमिकामा देखिएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस