थप समाचारसोमवार, फाल्गुण १४, २०७४

रेशम चौधरी अदालतमा उपस्थित

हिमालखबर

टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् ।

कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी १४ फागुनमा जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

जिल्ला न्यायाधिश पर्शुराम भट्टराईको एकल इजलाशले बयान लिएको अदालतका श्रेस्तेदार इन्द्र कडायतले जानकारी दिए । अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरेका छन् ।

चौधरी ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको घट्नाका आरोपी हुन । रासस

 

प्रतिकृया दिनुहोस