प्रदेश–४ को सरकार र निजी क्षेत्रबीच सहमति
प्रदेश–४ को सरकार र निजी क्षेत्रबीच आर्थिक विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।
सहमति पत्रमा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका छन् ।
प्रदेश सरकारले आर्थिक तथा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा महासंघको प्रदेश समितिसँग सहकार्य गर्नेछ ।
त्यस्तै निजी क्षेत्रले आयोजना गर्ने व्यवसायिक प्रवद्र्धनका कार्यक्रममा प्रदेश सरकारले सहयोग गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री गुरुङले प्रदेश–४ को सरकारले लगानी सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने जानकारी दिए ।
महासंघकी अध्यक्ष राणाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्धिका योजना ल्याउनुपर्ने बताइन् ।
युवराज श्रेष्ठ, पोखरा