प्रदेश–६ ले तोक्यो राजधानी र प्रदेशको नाम
प्रदेश–६ को आजको बैठकले स्थायी राजधानी र प्रदेशको नाम तोकेको छ ।
बैठकले प्रदेशको नाम ‘कर्णाली’ राखेको छ भने स्थायी राजधानी ‘सुर्खेत’ तोकेको छ ।
प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतले पारित गरेको एमाले कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले जानकारी दिए ।
सरकारले पनि प्रदेश–६ को अस्थायी राजधानी सुर्खेत तोकेको थियो ।
सात प्रदेशमध्ये सबैभन्दा ‘कान्छो’ यो प्रदेश राजधानी र नाममा निर्णयमा पुग्ने पहिलो प्रदेश भएको छ ।