१४ फागुनमा सबै मन्त्रीको शपथः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले १४ फागुन दिउँसो ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले १२ फागुनमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन ।
अध्यक्ष दाहालले आफ्नो पार्टीबाट सरकारमा पुराना र नयाँ अनुहार पठाउन लागेको बताए । उनका अनुसार १३ फागुनसम्म सबै मन्त्रीको नाम टुँगो लागीसक्छ ।
एमाले र माओवादीबीच १८ मन्त्रालय बनाउने सहमति भएपनि मन्त्रिमण्डल तीन सदस्यीय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीबाट मन्त्री बन्नेहरुलाई ३ फागुनमै शपथ गराउन चाहेका थिए । त्यतिबेला माओवादीले पार्टी एकतापछि मात्रै सरकारमा जाने अडान लिएको थियो ।