लीलामणि सर्वसम्मत, दीपकुमार हुन सकेनन्
संसदीय विशेष सुनुवाई समितिमा भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको नाम बहुमतले अनुमोदन भएको छ । यद्यपी उनी सर्वसम्मत हुन सकेनन् ।
एमाले र राप्रपा नेपालले उपाध्यायलाई भारतका लागि राजदूत बनाउन नहुने भन्दै माइन्युटमै असहमति जनाएका छन् ।
चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्याल र न्यायपरिषद सदस्य रामप्रसाद सिटौलाको नाम भने सर्वसम्मतिले अनुमोदन भएको छ ।
उपाध्याय सर्वसम्मत नभए पनि उनको नियुक्ति प्रक्रिया भने रोकिने छैन ।
केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई सरकारलाई असहयोग गरेको आरोप लगाउँदै भारतको राजदूतबाट फिर्ता बोलाएको थियो ।