थप समाचारशुक्रवार, फाल्गुण ११, २०७४

नवलपरासीमा बस दुर्घटना, ३० जना घाइते

हिमालखबर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवलमा बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बुटवल जाँदै गरेको लु २ ख १६०५ नम्बरको बसको टायर पड्केर विपरित दिशाबाट आएको युपी ८३ एटी ३९६६ नं को भारतीय ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमही सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस