थप समाचारशुक्रवार, फाल्गुण ११, २०७४

पाँचथरमा सवारी दुर्घटना, एकको मृत्यु १० घाइते

हिमालखबर

मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जीप र ट्रयाक्टर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ की ५५ वर्षीय लालमाया चेम्जोङको मृत्यु भएको हाे ।

दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

झापाको विर्तामोडबाट फिदिम जाँदै गरेको मे १ ज २९९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्रयाक्टर पांग्रेभीरमा १० फागुन राति ठोक्किएका थिए ।

लक्ष्मी गौतम, पाँचथर

 

प्रतिकृया दिनुहोस