अर्थ/बजारबुधवार, फाल्गुण ९, २०७४

कम्युनिष्ट एकताले हौसिएनन् लगानीकर्ता, शेयर बजारमा लगातार गिरावट

हिमालखबर

प्रमुख दुई राजनीतिक दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकीकरणले राजनीतिक बजारमा रौनक ल्याए पनि अर्थतन्त्रको ब्यारोमिटर भनिने शेयर बजारमा भने थप निराशा बढेको छ ।

आज बुधबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक (नेप्से) ९ दशमलव ६४ अङ्कले घटेर १ हजार ३ सय ८७ अंकमा झरेको छ ।

हिजो मंगलबार पनि परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको थियो ।

आज ‘क’ वर्गको कम्पनीको कारोबार मापक (सेन्सेटिभ इन्डेक्स) २ दशमलव १२ अंकले तल झरेको छ ।

ब्याङ्किङ समुहमा ८ दशमलव ८६ अङ्क गिरावट आएको छ । आज रु. २८ करोड ४० लाख मूल्य बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार ४० करोड रुपैयाँ बराबरकाे शेयर कारोबार भएको थियो ।

ब्यांकको बढ्दो ब्याजदर तथा बजारमा हकप्रदमार्फत शेयरको संख्याको थप आपूर्तिले बजारलाई ओरालो लाग्न मद्दत गरेको छ ।

 

प्रतिकृया दिनुहोस