थप समाचारमंगलवार, फाल्गुण ८, २०७४

पोखरामा लागूऔषध सहित दुईजना पक्राउ

हिमालखबर

 प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो कास्कीले आज लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–लेखनाथ महानगरपालिकाका २८ वर्षीय सुवास गुरुङ र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का २४ वर्षीय सुमन पुन रहेका छन् ।

पोखराको छोरेपाटनबाट गुरुङलाई र लेकसाइडबाट पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नुर्फीम, फेनरागन र डाइजापाम ५२÷५२ थान र टाईट्रोसन १० चक्की बरामद गरिएको प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

युवराज श्रेष्ठ, पोखरा

 

प्रतिकृया दिनुहोस