कला/साहित्यमंगलवार, फाल्गुण ८, २०७४

फिदिममा केलाङ महोत्सव शुरू

हिमालखबर

लोप हुने अवस्थामा पुगेको लिम्बु समुदायको मौलिक बाजा च्याबु्रङको संरक्षण गर्ने उद्देश्यले पाँचथरको फिदिममा आजदेखि च्याबु्रङ महोत्सव शुरु भएको छ ।

तस्वीरहरुः लक्ष्मी गौतम

प्रदेश–१ का प्रमुख डा. गोविन्द सुब्बाले महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सवलाई सम्बोधन गर्दै सुब्बाले महोत्सवले सबै जात, भाषा र धर्मलाई एकताको सुत्रमा बाँध्न भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।

युवा पुस्तालाई मौलिक संस्कृतिको जानकारी दिन महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मनकुमार केरूङले जानकारी दिए ।

महोत्सवमा पाँचथर, इलाम, ताप्लेजुङसहित भारतको सिक्किम र दार्जिलिङबाट गरी करीब एक हजार च्याबु्रङ र दुई हजार बाधक (च्याबु्रङगे) उपस्थित भएका छन् ।

महोत्सव च्याबु्रङ नाचको विगत र वर्तमान समेटेर तयार गरिएको कार्यपत्र प्रस्तुत गर्दै ९ फागुनमा सम्पन्न हुनेछ ।

लक्ष्मी गौतम, पाँचथर

 

 

प्रतिकृया दिनुहोस