कास्कीको विजयपुरमा बम विष्फोट, दुईजना घाइते
कास्कीको विजयपुरमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् ।
दुवै घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
घाइते दुवैको घाँटीमा चोट लागेको छ ।
विजयपुरको पुल छेउमा शंकास्पद वस्तु देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेपनि टोली घटनास्थल पुग्नुअघि नै बम विस्फोट भएको थियो ।
विष्फोट नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा