टिप्पणीमंगलवार, फाल्गुण ८, २०७४

पार्टी एकीकरण र जनअपेक्षा: नीलाम्बर आचार्य, विश्लेषक

निलाम्बर आचार्य

७ फागुनमा भएको सातबुँदे सहमतिमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र नेतृत्व एउटै हुने भनिएको छ । भनेपछि अब नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भन्ने पार्टी रहेन । दुई ठूला कम्युनिष्ट पार्टी मिलेर एउटा बन्नु सकारात्मक हो ।

एमाले लोकतान्त्रिक अभ्यासमा अभ्यस्त पार्टी हो भने माओवादी युद्धबाट आएको । यो पृष्ठभूमि हेर्दा एकता भत्किन नदिन गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । अर्कोतिर बलियो भयौं भनेर अहंकार राख्नुहुँदैन । लोकतान्त्रिक सहिष्णुता आवश्यक छ । जायज आलोचना र असन्तोषलाई ‘स्पेस’ दिन सक्नुपर्दछ ।

यो एकता जनताको भावना र माग अनुकूल छ । गठबन्धन बनाएर निर्वाचनमा जाँदा उनीहरूले पार्टी एकता गर्छौं भनेर भोट मागेका थिए । पार्टी एक नभएको भए जनमतको सम्मान भएको मानिंदैनथ्यो । एकताले दुवै पक्षको भलो गर्ने देखिन्छ । तर भलो देश र जनताको पनि हुनुपर्दछ । पार्टी एक भएको जनताले अनुभूत गर्न पाउनुपर्दछ । त्यो अनुभूति सरकारको डेलिभरीबाट हुनुपर्दछ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त बनाउने भनिएको छ । यो सिद्धान्तलाई पनि आजको सन्दर्भलाई हेरेर भविष्यमुखी बनाउनुपर्दछ ।

प्रतिकृया दिनुहोस