एमाले–माओवादी: पार्टी एकिकरण सहमतिमा हस्ताक्षरको तयारी
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकिकरण अन्तिम चरणमा पुगेको छ । ७ फागुन साँझ बालुवाटारमा एकता संयोजन समितिको बैठक बसेर सहमतिपत्रमा हस्ताक्षर गर्न लागिएको हो ।
माक्र्सवाद, लेनिनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मानेर जाने विषयमा सहमति जुटेको एक माओवादी नेताले बताए । ती नेताका अनुसार जनताको बहुदलीय जनवादमा माओवादीले असहमति दर्ता गर्दै पार्टी एकिकरण गर्न लागिएको हो ।
बालुवाटार बैठकमा एमाले र माओवादी केन्द्रका नेताहरु । तस्वीर: बिक्रम राई